४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज यि प्रदेशमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना



२० चैत ०७८, काठमाडौं । भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार प्रदेश १ को पहाडी भूभागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।