३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु



२० चैत ०७८, काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएराती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरमा सवार नेपाली हिजो साँझ ६ बजे सोही ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।