३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रयाक्टरबाट खसेर तनहुँमा एक युवतीको मृत्यु



२० चैत ०७८, काठमाडौं । तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छिन् । घाइते उनको उपचारको क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको हो ।

गएराती ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट श्रेष्ठ खसेकी थिइन् । दुर्घटनामा संलग्न ट्रयाक्टर सहित चालक इलाका प्रहरी कार्यालय भानु तनुहुँको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।