३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्याङ्करमा मोटरसाइकल ठोकिदा झापामा चालकको मृत्यु



प्रतिकात्मक तस्बिर

२० चैत ०७८, काठमाडौं । झापाको गौरादह नगरपालिका–१ मा शनिबार बेलुकी रोकिराखेको ट्याङ्करमा मोटरसाइकल ठोकिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक झापाकै गौरादह नगरपालिका–९ का ३६ वर्षीय राम सोरेन रहेका छन् ।

बिग्रीएर सडक छेउमा रोकिराखेको को १ ख २४७९ नम्बरको ट्याङ्करमा सोरेनले चलाएको मे २ प ३९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोकिएको थियो । हिजो बेलुकी सवा ७ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याङकर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।