३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु



२० चैत ०७८, काठमाडौं । धनुषाको विदेह नगरपालिका–६ एकराहीमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको । सोही घटनामा दुई जना साइकलयात्री घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री स्थानिय अन्दाजी ४० वर्षीय हरी चन्द्र खत्वे मण्डल रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका साइकलयात्रीद्धय सोही ठाउँका ४२ वर्षीय कुल्दिप महरा र ४० वर्षीय दिपु महराको जनकपुर स्थित रामजानकी अस्पतालमा उपचार भईरहेको छ । शनिबार बेलुकी पौने ९ बजे जनकपुरबाट एकराहीतर्फ आउँदै गरेको भारतीय नम्बरको जिपले पैदलयात्री सहित साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक प्रहरी चौकी गिद्धा धनुषाको नियन्त्रणमा रहेका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।