३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु




२१ चैत ०७८, काठमाडौं । सुनसरीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१८, नयाँटोलमा स्कुल बसको ठक्करबाट स्थानीय ५५ वर्षीया मेहरुन खातुनको मृत्यु भएको हो ।

बेबिलोन सेकेन्डरी बोर्डिङ स्कुलको को१क १८६६ नम्बरको बसले हिजो बिहान करिब साढे ७ बजे खातुनलाई ठक्कर दिएको थियो । खातुनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।बससहित चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।