२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महोत्तरीमा भ्युटावरको काउन्टरमा हरितपार्कको शिलान्यास गरियो



२२ चैत ०७८, काठमाडौं । भ्यु टावरको उद्‍घाटन तथा शिलान्यासको प्रतिस्पर्धा चलिरहेका बेला महोत्तरीमा हरित पार्कको शिलान्यास गरिएको छ ।चुरे संरक्षण तथा जलवायु परिवर्तनलाई मध्येनजर गर्दै हरित अभियान अन्तर्गत हरितपार्कको अवधारणा अगाडि आएको अभियन्ताको भनाइ छ ।आइतबार एक कार्यक्रमकाबीच बर्दिबास नगरपालिकास्थित रातु नदीको किनारमा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अत्यधुनिक हरित पार्कको शिलान्यास गरे ।

रातु नदीले बनाएको बालुवाको बगरमा हरितपार्क बनाउने गुरुयोजना रोटरी क्लब अफ बर्दिबासले अगाडि बढाएको हो । रोटरी क्लब अफ बर्दिबासको पहलमा झण्डै १० करोड लगानीमा अत्यधुनिक पार्कको निर्माण प्रक्रिया औपचारिकरुपमा अगाडि बढेको छ ।

झण्डै १५ कठ्ठा जमिनमा बन्न लागेको हरित पार्कमा बोटबिरुवा रोपेर सुन्दर बनाइने बताइएको छ । पार्क निर्माणमा पारम्भिक चरणमा १ करोड ६१ लाख लागत अनुमान गरिएको छ ।कुल लागतको बर्दिबास नगरपालिकाले ३१ लाख र वन तथा भू(संरक्षण विभागबाट ७४ लाख बजेट बिनियोजन भएको रोटरी कलब अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाले जानकारी दिए ।हरित अभियान अन्तर्गत नै जिल्लाका विभिन्न ठाउँमा गरी ३ लाख बिरुवा रोपिएको नेता पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।