२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटना हुँदा पोखरामा चालकको मृत्यु



२२ चैत ०७८, काठमाडौं । आज बिहान मोटरसाइकल दुर्घटना हुँदा पोखरामा चालकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा पोखरामा चालकको मृत्यु कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।