४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा बर्दियामा एकजनाको मृत्यु



प्रतिकात्मक तस्बिर

२२ चैत ०७८, काठमाडौं । बर्दियामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा मृत्यु भएको हो । सोही दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ गाँउपालिका–५ का १९ वर्षीय संतोष चौधरी रहेका छन् ।

गम्भीर घाइते उनको उपचारको क्रममा बाँके स्थित नेपालगंज मेडिकल कलेजमा गएराती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका मोटरसाईकलमा सवार सोही स्थानका २२ वर्षीय कबिराम चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ । सोमबार बेलुकी पौने ८ बजे चौधरीद्धय सवार भे ३ प ७७५९ नम्बरको मोटरसाईकल सडक छेउमा रोकिराखेको भे १ त ३१७ नम्बरको ट्रयाक्टरमा ठोक्किएर पल्टिएको थियो । ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।