२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ चट्टान आरोहण गर्न सिक्दै युवा



२२ चैत ०७८, काठमाडौं । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका(८ मा रहेको भीरमा चट्टान आरोहणमा एक हप्ताको प्रारम्भिक तालिम सञ्चालन भएको हो । तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन् । त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले बताइन् । कल्पनाको साथमा प्रशिक्षक मनिषा बुढामगर र सुशान्त ढुंगेल पनि छन् ।

 

तालिमको आयोजना यामबहादुर (कमल) फाउडेशन इलामले आयोजना गरेको हो । इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ । इलामका विभिन्न ठाउँका १० जना युवाहरूले यो तालिममा सहभागिता जनाएका छन् । एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ ।तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिँदै जाने जनाइएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तव्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनीसमेत भएको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।