२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हवाइ उडान नियमित बनाउन प्रशासनद्वारा ध्यानकर्षण




२२ चैत ०७८, काठमाडौं । हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने एक मात्रै एतायातको साधन हवाई सेवा केही दिनदेखि नियमित नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । एक सातायतादेखि निजी एयरलाइन्स कम्पनटीले नियमित उडान नगरेपछि नियमित उडनको मागसहित योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले जिल्ला प्रशासनको ध्यानकर्षण गरेको छ ।लिगले हवाई उडानमा देखिएको समस्या समाधान गरीदिन प्रमुख जिल्ला अधिकारीमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मुख्यमन्त्री कार्यालय सुर्खेतलाई बोदार्थ गरेको छ ।

उडान नहुँद यहाँ दैनिक उपाभोग्यदेखि निर्माण ढुवानी समेत प्रभावित भएको छ । जसका कारण हुम्लामा दैनिक उपाभोग्य सामाग्रीदेखि अन्य सामानको बजारभाउ आकासिएको ज्ञापन पत्रमा उल्लेख छ । पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि हुम्लामा उडान हुन नसकेको हो । निजी जहाजहरू लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन ।

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।