१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रेस काउन्सिल नेपालले पत्रकार धमलासँग सोध्यो २४ घण्टे स्पष्टीकरण




२२ चैत्र ०७८, काठमाडौं । हालै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा पत्रकार ऋषि धमला हवाईजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटना सार्वजनिक भएसँगै घटनाको बारेमा प्रेस काउन्सिल नेपालले पत्रकार धमलासँग आज २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ ।
साथै एक विज्ञप्ती प्रकाशन गरेर नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
महासङ्घले सूचना सङ्कलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भए पनि सूचना सङ्कलनका नाममा सुरक्षाको दृष्टिकोणले संवेदनशील स्थानमा जबर्जस्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादाविपरीत भएको ठहर गरेको छ । महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार समाचार सङ्कलनका लागि स्वतन्त्र हुनुपर्छ र राज्यले त्यसका लागि सबैखाले व्यवस्था गर्नुपर्छ भन्ने धारणामा महासङ्घ दृढ छ, त्यस्तो स्वतन्त्रताको भरपुर उपयोग गरेर नै नागरिकसम्म सूचना पु¥याउन सम्भव हुन्छ, तर त्यस्तो स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयं सचेत र स्पष्ट हुनुपर्दछ ।”

सूचनाको स्रोतसँग मर्यादित व्यवहार गर्ने, सुरक्षा संवेदनशीलता प्रदर्शन गर्ने, प्राविधिक पक्षको विशेषरुपमा हेक्का राख्ने कुरामा ख्याल राखिएन भने समाचार सङ्कलनका क्रममा क्षति उत्पन्न हुने अवस्था आउनेतर्फ पत्रकार तथा सञ्चारकर्मी सधैँ सचेत हुन आवश्यक रहेको महासङ्घको भनाइ छ । हवाईजहाजको ककपिटजस्तो संवेदनशील स्थानमा जबर्जस्ती प्रवेश गर्नुले अप्रत्यासित घटना पनि निम्त्याउन सक्ने भन्दै महासङ्घले त्यस्ता कुनै पनि संवेदनशील स्थानमा प्रवेश गर्नुपूर्व लिनुपर्ने अनुमति र अपनाउनुपर्ने मापदण्डलाई पालना गर्न सबैमा अपिल गरेको छ । सो

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।