१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सगरमाथा आरोही कल्पना चट्टान आरोहण गराउन सिकाउँंदै




२३ चैत्र ०७८,काठमाडौ । सगरमाथा आरोही कल्पना महर्जन चट्टान आरोहण तालिम सुरु गरेकी छिन्
साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका वडा नं. ८ मा रेहको चट्टान आरोहणमा १ हप्ताको प्रारम्भिक तालिम संचालन भएको हो ।
तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन चट्टान आरोहण तालिम दिन पुगेकी छिन् । त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले बताएकी छिन् । कल्पनासँगै चट्टान आरोहण तालिम दिन प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पनि सहभागी छन् ।
तालिमको आयोजना याम बहादुर (कमल) फाएडेशन इलामले आयोजना गरेको हो । इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ । इलामका विभिन्न ठाउँका १० जना युवाहरुले यो तालिममा सहभागिता भएका छन् ।
एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ ।
तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिदै जाने जनाइएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको छ ।
पर्यटकीय नगरपालिका देशका पुराना नगरपालिकामध्येको एक हो इलाम नगरपालिका । इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ । ऐतिहासिक, सांँस्कृतिक सम्पादहरुको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व रहेको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।