२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटना हुँदा पर्सामा एक जनाको मृत्यु



२३ चैत्र ०७८, काठमाडौं । मंगलबार साँझ पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्साको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० बर्षीय हेमन्त दास रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंज स्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो । मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतिय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।