२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खनियाबास गाउँपालिका अध्यक्षमाथि आक्रमण




२३ चैत्र ०७८, काठमाडौं । खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ ।नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहनुभएका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो । कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोल लागाउनुभयो ।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ । आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।
–––

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।