
२३ चैत्र ०७८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई) को तयारी पूरा भएको जनाएको छ। बोर्डका अनुसार सबै प्रक्रिया पुर्याई प्रश्नपत्र प्रदेशमा पठाइ सकिएको छ ।
परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न विद्यालय,शिक्षक र विद्यार्थीहरूमा बोर्डले आग्रह गरेको छ। यस वर्षको एसइई परीक्षा आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदैछ।
सबै जिल्लामा २ हजार परीक्षा केन्द्र तोकिएको छ। ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसइई परीक्षा दिँदैछन्। यसै वर्षबाट एसइई सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ।







प्रतिक्रिया