१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बह्याणी खोलामाथि निर्माणाधिन पुल सभामुख सापकोटाद्वारा शिलान्यास




२३ जेठ ०७८, पोखरा । सभामुख अग्निप्रसाद सापकोटाले बह्याणी खोलामाथि बनेको पुलको शिलान्यास गरेका छन् । उनले जुगल गाउँपालिका वडा नं १ र ५ जोड्ने ६३ मिटर लामो पुलको आज शिलान्यास गरेका हुन् ।
पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका स्थानीय लाभान्वित हुनेछन् । पुल निर्माणपश्चात सेलाङ र गोल्चेका स्थानीयलाई काठमाडौँलगायत जिल्लाका पूर्वीय क्षेत्रमा आवतजावतमा सहज हुनेछ भने जुगल गाउँपालिकाको बाँकी पाँच वटा वडाका स्थानीयलाई सदरमुकाम चौतारा आवतजावत गर्न सहज हुनेछ । करिब साढे छ करोड लागतमा बन्ने पुल जुगलको ‘लाइफ लाइन’ हुने सभामुख सापकोटाले विश्वास व्यक्त गरे ।
सभामुख सापकोटाले परिस्थिति सुहाउँदो विकास निर्माणमा केन्द्रित हुनुको विकल्प नरहेको बताए । उनले राज्यको तीन तहकै सरकारलाई गुणात्मक विकास निर्माणमा केन्द्रित हुन आग्रह गरे ।

सभामुख सापकोटाले बलेफी, जलबीरे र तेम्बाथान सडक निर्माणको अवस्थाबारे अवलोकन गरे । सभामुख सापकोटा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ द्वारा गोल्चे बगरमा आज आयोजित ‘जनतासँग सभामुख’ कार्यक्रममा सहभागी भई स्थानीयको गुनासो, सुझाव लिए । उनले आफ्ना क्षेत्रका स्थानीयको गुनासो, तथा सुझावअनुसार काम गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।