४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शान्ति मिसनमा नेपाली सैनिकः यि हुन् हालसम्म ज्यान गुमाउने ७२ सैनिक र १३ प्रहरी(सूचीसहित)



२४ चैत्र ०७८,काठमाडौँ । विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा खटिएका बेला मारिने नेपाली सैनिकको संख्या ७२ पुगेको छ।

शान्ति मिसनअन्तर्गत विभिन्न मुलुकमा खटिएका नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरी बल ९एपीएफ० का २ जना पनि आक्रमणमा परी मारिएका छन्।

नेपाली सेनाका अनुसार शान्ति मिसनमा खटिँदा सबैभन्दा पहिला सैनिक गंगाबहादुर दर्लामीको निधन भएको थियो। सेनाको ‘फस्ट राइफल गण’ का दर्लामी २०३६ पुस ५ गते लेबनानमा विद्रोहीको आक्रमणबाट मारिएका हुन्।

यस्तै अहिलेसम्म शान्ति मिसनमा खटिएका ६६ नेपाली सैनिक घाइते भएको नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिक र पर्यवेक्षक सन् १९४८ देखि खटाउन थालेको हो। नेपाली सैनिक भने सन् १९५८ देखि शान्ति मिसनमा खटिन थालेका हुन्। सुरुमा नेपाली सैनिक लेबनानमा खटिएका थिए।

नेपाली सेनाका अनुसार नेपालका तर्फबाट विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि अहिलेसम्म १ लाख ४० हजार २ सय २ सैनिक खटिएका छन्, जसमा विश्वका ४३ मिसनमा शान्ति स्थापनार्थ खटिएका उनीहरूमध्ये १ हजार ८ सय ३८ महिला छन्।

नेपाल गत वर्षदेखि शान्ति सैनिक पठाउने मुलुकको सूचीमा दोस्रो नम्बरमा छ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।