
२४ चैत्र ०७८,काठमाडौँ । बुधबार राति चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१० मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् ।
र्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार रहेको बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।







प्रतिक्रिया