१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जुत्ता सिएरै मासिक ५० हजार कमाउँछन् शेरबहादुर दम्पती



२७ चैत ०७८, काठमाडौं । मुगु छायाँनाथ रारा नगरपालिका–१ गमगढी बजारमा २४ वर्षीया दुर्गा सार्की जुत्ता पसस चलाउँदै आएकी छन् । आफैं जुत्ता सिएर उनले बेच्ने गरेकी छन् । जाजरकोटको छेडागाड नगरपालिका–६ कि उनले गमगढी बजारलाई आफ्नो कर्मथलो बनाइरहेकी छन् ।

घुम्तीमा सात वर्षदेखि जुत्ता पसल गर्दै आएकी उनल आर्थिक अवस्था कमजोर भएकाले कक्षा ९ भन्दा अगाडि अध्ययनलाई बढाउन सकिनन् । र जस कारण उनी जुत्ता पसल चलाउँदै आएकी छन् । जुत्ता सिलाएरै उनी आत्म निर्भर बन्दै गएको बताउँछिन् ।

उनको दैनिकी गुजारा गर्नेदेखि छोराछोरीको अध्ययन गराउने माध्यम जुत्ता सिलाउने पेसा बनेको छ । गमगढी बजारमा कर्मथलो बनाएका दुर्गाका पति शेरबहादुर सार्की पनि जुत्ता सिलाउने गर्छन् ।

आफूले जानेको सिप श्रीमती दुर्गालाई हस्तान्तरण गरे । सोही पेसाबाट अहिले दुर्गा मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेकि छन् ।

शेरबहादुर नयाँ जुत्ता बनाउँछन् भने यस कार्यमा दुर्गाले पनि सहयोग गर्छिन् । दुर्गा पुरानो जुत्ता पनि सिलाउने गर्छिन् । सार्की दम्पतीले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् ।

‘श्रीमानको मासिक ३० हजार र आफूले मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छौँ,’ दुर्गाले भनिन् । उनीहरुले जुत्ता सिलाएरै नेपालगञ्जको कोहलपुरमा पनि जग्गा किनेको दुर्गाले सुनाइन् ।

गमगढी बजारको कृष्णचोक नजिकै न्युएसवीएस सुज सेन्टर खोलेका उनीहरूलाई अहिले नयाँ जुत्ता बनाउन र सिलाउन भ्याइनभ्याइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।