९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रकले स्कुटरलाई ठक्कर दिंदा बारामा एक जनाको ज्यान गयो




२९ चैत ०७८, काठमाडौँ । ट्रकले स्कुटरलाई ठक्कर दिंदा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको छ ।सोमबार दिउँसो २.३५ बजे वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना५ख ७५०७ नम्बरको ट्रकले प्रदेश २.०३.०१४ प.१३६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालक क्षेत्रीको टाउको, मुख, खुट्टामा चोट लागेको थियो । गम्भीर घाइते उनलाई सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि वीरगञ्जको नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ८ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।