९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेसबाट सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा इन्दिरा निरौलाको दाबेदारी



२९ चैत ०७८, काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा कोइरालाले दाबी गरेकी छन् । स्थानीय तहमा राम्रो छवि बनाएकी उनले आसन्न स्थानीय तह निर्वाचनमा दुधौलीको मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा महिलाले प्रमुखमा दाबी नगरेको भन्दै देशभर चर्चा भइरहेका बेला निरौलाले मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् । गत मंसिरमा पार्टीको सम्पन्न १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत रहेकी उनले आफू स्थानीय तहमै रहेर जनताको सेवा गर्ने उद्देश्यले मेयरमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिइन् ।

राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्यको जिम्मेवारी पाएलगत्तै उनी भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरणमा जुटेकी छन् । दुधौली(९ बाट अभियान सुरु गरेर सो क्षेत्रका १०६ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको नेतृ निरौलाले बताइन् । दुधौलीलाई स्मार्टसिटीको रूपमा विकास गर्ने लक्ष्य लिएको उनले न्युज कारखानालाई बताइन् । सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । तर सबै ठाउँमा होइन । सिन्धुली जिल्लामा सत्तारुढ गठबन्धनले अहिलेसम्म के गर्ने भन्ने निर्णय नभएकाले सबै दलले आ(आफ्ना उम्मेदवार उठाउने तयारी गरेका छन् ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।