९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सेनाप्रमुखविरुद्ध अभियान चलाउने पीटीआई समर्थक पक्राउ



३० चैत ०७८, काठमाडौं । पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाविरुद्ध अपमानजनक अभियान चलाएको आरोपमा इमरान खानको पाकिस्तान तहरिक–इ–इन्साफमा आबद्ध आठ जना सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गरिएको छ ।

सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा निशाना बनाएको आरोपमा पाकिस्तानको संघीय अनुसन्धान निकाय ९एफआईए० ले मंगलबार पञ्जाब प्रान्तका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो ।

संसदमा विपक्षीले प्रधानमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव पारित भएपछि केही दिनअघि इमरान खान पदमुक्त भएका थिए । त्यसपछि जनरल बाजवाविरुद्धको अभियान ट्विटरमा शीर्ष ट्रेन्डिङमा परेको छ ।

एफआइएका अनुसार गुप्तचर निकायबाट सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध सामाजिक सञ्जालमा अभियानमा संलग्न ५० संदिग्धको सूची प्राप्त भएको र तीमध्ये आठजनालाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।