
३० चैत ०७८, काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुँदा २ जना प्रहरीको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।
घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।







प्रतिक्रिया