
३० चैत ०७८, काठमाडौं । ३ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा लाई पक्राउ गरेको हो ।
उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ ।







प्रतिक्रिया