९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजबाट नयाँ बर्ष सुरु, देशभर सार्वजनिक विदा




१ वैशाख ०७८, काठमाडौं । आजबाट नयाँ बर्ष विक्रम सम्वत २०७९ सुरु भएको छ ।
नयाँ वर्ष पहिलो दिन आज देशभर हर्षोल्हासका साथ मनाइदैछ । नयाँ वर्षको अवसर पारेर सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।
आज विशेष गरेर आफन्तसँग भेटघाट गर्ने मिठो खाने र घुमघाम गर्ने प्रचलन छ । राजधानीका सपिङ मल,चिल्ड्रन पार्क,पार्कहरु नयाँ वर्षको पहिलो दिन भरिभराउ हुन्छन् ।
आजबाट धेरै मानिसले नयाँ संकल्प गर्ने परम्परा छ । आजकै दिनबाट चुरोट,गुट्का र जाँडरक्सी छाड्ने, वर्षभरि सफलताका सपना बुन्ने र आजबाटै कायान्वयनमा लैजाने संकल्प गर्ने चलन छ ।
धेरैले नयाँ कामको थालनी आजकै दिनबाट गर्ने गर्दछन् ।
राजा विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । पछिल्लो समय नेपालमा नेपाल संवतलाई पनि आंशिक रुपमा मान्यता दिन थालिएको छ ।भारतलगायत विभिन्न देशको क्यालेण्डरसँग कामको तारताम्य मिलाउन इस्वित सम्बत प्रचलनमा ल्याउनु पर्ने बहस पनि यदाकता हुने गरेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।