९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


९० वर्षीया बृद्धाको अध्ययनमा यस्तो मोह



१ बैशाख ०७९, काठमाडौं । पढ्नका लागि उमेरको कुनै हद हुँदैन् । इटालिकी एक ९० वर्षीया बृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् ।अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन् । स्कुल डिप्लोमा पूरा गर्न कक्षा कोठामा फर्किएकी छन् ।

मुर्गिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठहरू अध्ययन गर्दैछिन् । उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् । उनले मिडिल स्कूल डिप्लोमा लिएकी छिन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोर किशोरीले पूरा गर्छन् ।
‘मलाई पढाइ मनपर्छ । मलाई यो सधैं मनपर्छ । तर जब युद्ध सुरु भयो, मेरो लागि सबै परिवर्तन भयो । कुनैबेला पैसा भएकाहरूले मात्र अध्ययन गर्न सक्थे’, मुर्गियाले भनिन् ।

‘मलाई इतिहासका पुस्तकहरू सधैं मनपर्छ, किनभने मैले पुस्तकहरूमा लेखिएको इतिहासको राम्रो अंश अनुभव गरें । मैले पहिलो विश्वयुद्धको परिणाम देखेकी छु र दोस्रो विश्वयुद्धमा बाँचेको छु’, मुर्गियाले थपिन ।

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १० : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।