९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गृहमन्त्रीले सिन्धुपाल्चोकका विपद् प्रभावितको पुनस्र्थापनामा सक्रियता बढाए



१ बैशाख ०७९, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनामा सक्रियता बढाएका छन् । गृहमन्त्रीले मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र विपद् व्यवस्थापन कोष मार्फत निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यलाई गति प्रदान गरेका हुन् ।

हालसम्म सिन्धुपाल्चोकका मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाको लागि ५ करोड ६ लाख २६ हजार २५० रुपैयाँ पठाइसएिको गृहले जानकारी दिएको छ । गृहका अनुसार पुनर्निर्माणका २१४ र पुनस्र्थापनाका ६२५ जना लाभग्राहीको पहिलो किस्ता वापतको अनुदान र अस्थायी आवासतर्फको पहिलो किस्ता वापत गरी ३ करोड ६३ लाख २६ हजार २५० रुपैयाँ पठाइएको छ ।

यस्तै, २८६ लाभग्राहीको अस्थायी आवास निर्माणको लागि १ करोड ४३ लाख रुपैयाँ अनुदान रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको छ । गत चैतको अन्तिम साता बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले थप अनुदान रकम माग तथा वितरण गर्न पनि निर्देशन दिएको छ । बैठकले सिन्धुपाल्चोकमा कायम गरिएका ९७६ लाभग्राहीको प्रमाणित विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई आग्रह गरेको छ ।

हालसम्म जुगल गाउँपालिकाका २०८ र मेलम्ची नगरपालिकाका १४१ गरी कूल ३४९ लाभग्राहीलाई मात्र अस्थायी आवास तर्फ अनुदान प्रदान भएको जनाउँदै प्राधिकरणले भुक्तानी दिन बाँकी लाभग्राहीलाई समेत अनुदान उपलब्ध गराउन भनेको छ ।

यस्तै, अनुदान लागत सहभागिताको लागि प्रदेश सरकारले व्यहोर्ने ३० प्रतिशत, महानगरपालिका तथा उपमहानगरपालिकाले व्यहोर्ने २० प्रतिशत, नगरपालिकाले व्यहोर्ने १५ प्रतिशत र गाउँपालिकाले व्यहोर्ने १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइदिन पनि प्राधिकरणले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।