९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कालिञ्चोकमा नयाँ वर्ष मनाउन भीड




२ वैशाख ०७८, दोलखा । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ ।
नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो । देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिञ्चोक पुगेका हुन् ।
तीन हजार ८४२ मिटर उचाइको प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी पशुराम घिमिरेले बताए । कालिञ्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ ।
नयाँ वर्षमा आउने पर्यटकका लागि कालिञ्चोकका व्यवसायीले विशेष छुटको व्यवस्थासमेत गरेका छन् ।
दोलखा, सिन्धुली, बर्दिवास छोटो दूरीको यातायातबाट जोडिएसँगै हिमाली जिल्ला दोलखामा तराई केन्द्रित पर्यटकको सङ्ख्या वृद्धि भएको छ । तराईबाट तीन घण्टाको दूरीमै चरिकोट आउन सकिने हुँदा गर्मी छल्नका लागि पारिवारिक भ्रमणमा तराई तथा भारतका केही क्षेत्रका मानिस दोलखा आउने गरेको पाइन्छ । कालिञ्चोकसँगै दोलखाको पर्यटकीय क्षेत्र जिरी सैलुङ, खरिढुङ्गा, फिलिमसिटी गुराँसपार्कलगायत क्षेत्र आन्तरिक पर्यटकले भरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।