९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज पहाडी क्षेत्रमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना



५ वैशाख ०७९, काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक(दुई स्थानमा मेघ गर्जन,चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

मंगलबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन,चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।