९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा महिलाको मृत्यु



प्रतिकात्मक तस्बिर

५ वैशाख ०७९, काठमाडौं। आइतबार बेलुकी कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया बृजमती कुमी रहेकी छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेकी कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।