९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दाङमा माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते




५ वैशाख ०७९, काठमाडौं। माछा मार्न बनाएको बम पड्किँदा दाङको लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन् । घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ ।लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्न जाँदा माछामार्न बनाएको बम हातमा नै पड्किएको थियो ।

बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरुलाई लमही दाङतर्फ पठाएको थियो । उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।