१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पाल्पाबाट काठमाडौं ल्याएर बलात्कार



साँकेतिक तस्विर : इन्टरनेट

६ वैशाख ०७८, काठमाडौं । अलाइन गेम ‘फ्रि फायर’ खेल्नेक्रममा चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौको मातातीर्थबाट २७ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका ८ मातातीर्थ​ बस्ने २७ वर्षका महेश उदासलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यलय पाल्पामा आफ्नी १३ वर्षकी छोरी हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए।

प्रहरी परिसर काठमाडौं र मातहतका वृत्त तथा प्रभागबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका ८ मातातीर्थ​ घर भएका उदासलाई सोही ठाउँबाट पक्राउ गरेको हो।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।