९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ठमेलमा होटलको सातौं तलाबाट खसेर विदेशीको मृत्यु



७ वैशाख ०७८, काठमाडौं । काठमाडौं ठमेलमा एक विदेशी नागरिकको मृत्यु भएको छ। बुधबार बिहान ठमेलको होटलबाट खसेका आयरल्यान्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठमेलको होटल मनाङमा बसेका आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको मृत्यु भएको हो। बिहान करिब साढे २ बजे सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिलिप्स त्यस होटलमा एक जना साथीसँग बसेका थिए। उनका अरू साथीहरू पनि नेपालमा आएरनआएको बुझ्ने काम भइरहेको प्रहरीले जनाएको हो।

उनीहरू अप्रिल ६ मा नेपाल आएका थिए। शवको पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।