९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मस्जिदमा अज्ञात समूहकाे आक्रमण



९ वैशाख ०७८, काठमाडौं । दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेका बेला अज्ञात समूहले गरेको आक्रमणमा परी ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सात जनाको अवस्था समान्य छ । अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेको हो ।

घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।