१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उम्मेदवार छान्न समेत माओवादी केन्द्र रसुवाले गर्यो मतदान




११ वैशाख ०७९, रसुवा । नेकपा माओवादी केन्द्र रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनौटका लागि मतदान गरिएको हो ।
गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए । गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि मतदान गरिएको उनले बताए ।
मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।