९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु



१३ वैशाख ०७९, धनुषा । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन सकेको छैन । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।