९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पश्चिमा वायुको प्रभाव, मौसम बदली हुँदै



चापागाँउबाट देखिएको गणेश हिमाल । तस्विर ः ललितपुर खबर

१४ वैशाख ०७९, काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।
दिउँसो गण्डकी र प्रदेश १का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ । प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहीबार बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।