९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धादिङ बेनिघाटमा माइक्रोबस र कन्टेनर जुध्यो, १ जनाको मृत्यु, २ घाइते




१६ वैशाख ०७८, काठमाडौं । धादिङ बेनिघाटमा माइक्रोबस र कन्टेनर ठक्कर खाँदा १ जनाको मृत्यु भएका छन् भने २ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ हिलटप होटेलस्थित सडकमा बा.३ ख ८६४० नम्बरको माईक्रो बस र प्रदेश २ ०३–००१ ख ५९९६ नम्बरको कन्टेनर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा माईक्रो बस चालक नवलपरासी (पूर्व) कावासोती नगरपालिका ८ बस्ने ४८ वर्षीय बिनोद गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका माईक्रो बसमा सवार अन्य २ जनालाई राजमार्ग अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।