९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बलेरो दुर्घटनामा तीनको मृत्यु, सात घाइते



१६ वैशाख ७९, सिन्धली । सिन्धलीको तीनपाटन गाउँपालिका १ नक्कलेमा भएको बलेरो दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा ल्याइएको छ ।

सातजना घाइतेमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि भर्खरै सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उहाँहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले जानकारी दिएका छन् ।

दुर्घटनामा तिनपाटन गाउँपालिका ९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका ७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।

बलेरोमा हालसम्म सातजना घाइते र तीन मृतक गरी १० जना सवार रहेको उनले बर्ताए । सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको हनसक्ने उनले बताए । दुर्घटनास्थलबाट गाडी निकाल्न नसकिएको उनले बताए । उनले गाडी निकाल्ने प्रयास भइरहेको बताएका छन् ।
सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बलेरो दुर्घटना भएको थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।