९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कार र मोटरसाईकल ठोक्किँदा बाबुछोरीको मृत्यु



१९ वैशाख, ०७९, कास्की । कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्णमा कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो ।

पोखराबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।