३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते



फाइल तस्विर

२३ वैशाख ०७९, पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु१च ७७८० नम्बरको गाडी तिनाउ गाउँपालिका–५, चरचरेमा दुर्घटना हुँदा रामपुर नगरपालिका–३, गण्डकीढिक स्थायी घर भई रामपुर–५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए ।
रामपुर नगरपालिका–३ का २७ वर्षका गाडी चालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षका टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।