९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बसभित्र किशोरी बलात्कार प्रयास, बुबाको कुटाइबाट चालकको मृत्यु



साँकेतिक तस्विर : इन्टरनेट

२५ वैशाख ०७९, काठमाडौं । काठमाडौंबाट इलाम गएकी किशोरीलाई बसकै कर्मचारी मिलेर बलात्कार प्रयास गरेका छन्। बा.५ख ५९८२ नम्बरको बसमा काठमाडौंबाट घरतर्फ गएकी १७ वर्षीया किशोरीलाई इलाममा बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

२० गते राति काठमाडौंबाट इलाम गएकी उनलाई राति नै इलाममा पुगेपछि अरु यात्रु झरेपछि बसकै चालक र सहचालकले बलात्कार प्रयास गरेको प्रहरीको भनाइ छ।

बुबा लिन आउँदै गरेकाले उनी पर्खिरहेकी थिइन्। त्यतिबेलै उनलाई सहचालकले बलात्कारको प्रयास गरेका थिए। बुबा आएको थाहा पाएपछि सहचालक फरार भए। चालकलाई फेला पारेपछि किशोरीका बुबाले निर्घात कुटपिट गरेका थिए।

घटनाको विषयलाई लिएर पीडित किशोरीका बुवाको कुटपिटबाट चालकको मृत्यु भएको हो। कुटपिट गर्दा गम्भीर घाइते भएका गाडीका चालक नुवाकोट तारकेश्वर गाउँपालिका २ वगुवाका ३४ वर्षीय दिपक ढुंगानाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो।

बसका सहचालक र किशोरीका बुबालाई प्रहरीले पक्राउ गरेको छ। गाडीका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका १३ का १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

सहचालकलाई जबर्जस्ती करणी उद्योग र किशोरीका बुबालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।