३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा गिरी पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२९ वैंशाख ०७९, पर्सा । पार्किङ गरी राखेको मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका वीरगंज महानगरपालिका ११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका ८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका ५ बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ७ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।