८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बोक्नुस् छाता, आज मतदानको दिन कहाँ–कहाँ हुनसक्छ वर्षा ?




३० वैशाख ०७९, काठमाडौं । आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
बिहान लुम्बिनी र प्रदेश १ का एक–दुई स्थानमा वर्षा भएको छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएको छ ।
महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।