८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला



३० वैशाख ०७९, धनगढी । बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-९१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल९८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।