८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु



३० वैशाख ०७९, स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । जिल्लाको वालिङ-१४ सिख्रेमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् ।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप वालिङ नगरपालिका–१४ मा दुर्घटना भएको हो । जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।