९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोरखाको मतदान केन्द्रमा अज्ञात समुुहले गोली चलायो, एक जना घाईते



३० वैशाख ०७९,  गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका—२ ताराखसे स्थित सिद्धकाली माविको मतदान केन्द्रमा गोली चलेको छ । मतदानको क्रममा माओवादी र कांग्रेसका कार्यकर्ताहरु बीचको विवाद चर्किरहँदा गोली चलेको हो । करिब साढे चार बजेदेखी यहाँ विवाद चर्किएको हो ।

घटना स्थलमै भएका स्थानीय सुनिल लामिछानेका अनुसार गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंमसेविका मनिषा थापा घाईते भएकी छिन् । थापाको खुट्टामा गोली लागेको उनले जानकारी दिए । घाईतेको उपचारका लागि काठमाण्डौँ लैजाने तयारि गरिरहेको प्रजिअ शंकरहरि आचार्यले जानकारी दिए । ‘घाईतेको उपचारका लागि हेलिकप्टर मगाएर काठमाण्डौँ लैजाने तयारी भईरहेको छ । हेलीकप्टर मगाईसकेका छौँ’, प्रजिअले भने ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।