८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिन्धुपाल्चोकको बलेफी २ मा गोलाप्रथाबाट काँग्रेसले पायो वडाध्यक्ष



१ जेठ , काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नंबर २ मा गोला प्रथाबाट काँग्रेसले अध्यक्ष पाएको छ । सो वडामा मतगणनाको अन्तिम परिणाम आउँदा माओवादी केन्द्र र काँग्रेसको बराबर मत आएको थियो । माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र काँग्रेसका छविलाल न्यौपाने दुवैले ४ सय ९५ मत पाएका थिए । दुबैको बराबरी मत आएपछि गरिएको गोलाप्रथाबाट वडा अध्यक्षमा काँग्रेस उम्मेदवार न्यौपाने विजयी भएका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।