८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विवादपछि रोकियो भरतपुरको मतगणना



१ जेठ ०७९, चितवन ।  चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।

वडा नं.२ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए ।

उनले पहिला यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने बताए । अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।